Subscribe

RSS Feed (xml)

Powered By

Skin Design:
Free Blogger Skins

Powered by Blogger

Friday, 17 April 2009

बज्रगुरु मन्त्रको अर्थ र यो मन्त्र जप्दा हुने फाईदाहरु


बज्रगुरु देव डाकीनी हुं । गुरु यीदाम र डाकीनीलाई बन्दना
म, स्वास्नी मानीस येसे सोग्याल, बाह्य, गुह्य र गोप्य मण्डलाहरु .अर्पण गरेर भने "ओ आचार्य पद्मसंभव हजुरले हामी यस हिमाली भेगका मानिसहरुप्रति हालसम्म कसैले राख्न नसकेको र भविष्यमा पनि कसैले राख्न नसक्ने दयाभाव राख्नुभएको छ जसबाट हाम्रो यो जुनी र भविष्यको जुनी लाई समेत धेरै फाईदा पुगेको छ । हजुरले अभ्यासहरुको सार तत्व पनि दिनुभएको छ जसलाई भविष्यमा अभ्यास गर्न सकिने छ । भविष्यका सन्ततिहरु द्विबिधामा परेका, दिग्भ्रमीत र बिक्षिप्त भएर पवित्र बुद्धधर्मबारे नकारात्मक बिचार राख्ने खालका हुनेछन् । बिषेश गरेर निर्विकल्प र पवित्र गोप्य मन्त्रको शिक्षाहरुलाई घृणा गर्ने खालका हुनेछन् । यस्तो बेला रोग ब्याधी, भोकमरी र शसस्त्र लर्डाई झगडा यी तिन चिजहरुले प्राणीमात्रलाई जकड्ने छ । बिषेश गरेर भारत, चिन, तिब्बत र मंगोलीयालाई कमिलाको गोलालाई झै नष्ट पारिने छ । त्यो समय मानिसहरुको लागी ज्यादै नै खराब समय हुनेछ । यस्तो अवश्थामा गरिनुपर्ने रोकथामको अनेकौं उपायहरुबारे शिक्षा दिई सकिएको भए पनि भविष्यका सन्ततिहरुले शक्तिशाली अवरोधहरुको सामना गर्नु पर्ने छ । त्यस समयमा मानिसलाई तहस नहस पारिने छ । उनीहरुसंग त्यस्तो समयबाट मुक्ति हुने सबै उपायहरु हुने छैन र त्यस्तो समयलाई हटाउन धेरै कठिनाई हुनेछ । त्यस्तो समयमा बज्रगुरु मन्त्रको गुरु साधना गरेर के फाईदा छ - कृपया भविष्यको पथभ्रष्ट भएका सन्ततिको लागी बताईदिनुहोस'' उहांले यसरी गुरु पद्मसम्भवलाई अनुरोध गर्नुभयो ।
त्यसपछि महान गुरु पद्मसंभवले भन्नुभयो "ओ आस्थावान केटी तिमीले भनेको कुराहरु सोह्रैआना सत्य हो । भविष्यको त्यस्तो समयमा मैले सम्पूर्ण प्राणीमात्रको भलाईको लागी अवश्य केहीगर्ने छु । मैले जल नीधि, भू नीधि, चट्टान नीधि र आकाश नीधि को रुपमा भविष्यमा पबित्र बुद्ध धर्मको रक्षाको लागी अनेकौ निर्देशन र साधनाका नीधिहरु लुकाएर राखेको छु । तर त्यस्तो खराब समयमा मैले भविष्यबाणी गरेको मानिसहरुका लागी ती नीधिहरु फेलापार्ने उपाय कौशल र शुभ र्साईतहरु पुर्याउन कठिनाई हुने छ । त्यो अवस्था प्राणीमात्रको सद्गुणको गिर्दो अवस्थाको संकेत पनि हो । जे होस्, त्यस्तो समयमा कुनै शुद्ध समयको योगी वा चोखो प्रतिज्ञा भएको भिक्षु वा भिक्षुणी वा कुनै धर्मात्मा वा योग्य महिलाले बज्रगुरु मन्त्र लाई कुनै पवित्र स्थलमा, कुनै गुम्बामा, कुनै अग्लो डांडाको टुप्पामा, कुनै ठुलो नदी किनारमा, कुनै भुतप्रेत र आत्माहरुले दुख दिने स्थानमा एक सय पटक, एक हजार पटक, एक लाख पटक, एक करोड पटक, एक अरब पटक वा जति सम्म सकिन्छ जप गर्नाले अकल्पनिय फाईदा पुग्न जान्छ । सबै रोग ब्याधी, भोकमरी, झै झगडा समाप्त हुने छ । किशानहरुको बाली नाली सप्रन्छ, गाई बस्तु निरोगी हुन्छ । खडेरी समाप्त हुन्छ । मन्त्र जपिएको क्षेत्रमा जताततै खराब तत्वहरुको नाश भई शुभ समय आउंदछ । यस जुनी, अर्को जुनी र भार्दो मा समेत म संग बारम्बार भेट भैरहन्छ । सबै भन्दा असल अभ्यास गर्नेको म संग बास्तवीक रुपमा भेट हुन्छ । मध्यममा मेरो दर्शन पाउने छ र कम्तीमा पनि मलाई सपनामा भेट्ने छ । बज्रगुरु मन्त्र उच्चारण गर्नाले निश्चयनै स्तर र पथ प्राप्त हुने छ र निसंदेह नै ङयावलिङमा पुरुष वा महिला बिद्याधर हुनेछ ।बज्रगुरु मन्त्र एक दिनमा नबिर्सी एकसय पटक उच्चारण गरेमा उ आकर्ष रुपको हुने छ र बिना कुनै कठिनाई धनसम्पत्ती र सुख आर्जन गर्ने छ ।
बज्रगुरु मन्त्र एक हजार वा दश हजार पटक उच्चारण गरेमा प्रभावशाली हुनेछ र उसले आफ्नो प्रभावले अरुलाई पराजित गर्नेछ । उसको आशिर्वाद र दक्षता निर्वाध हुनेछ ।बज्रगुरु मन्त्र एकलाख वा एक करोड पटक उच्चारण गरेमा उसले तिनवटै संसारलाई आकषिर्त गर्नेछ र आफ्नो ज्योतिर्मय प्रकाशले तिन वटा भवलाई पराजित गर्ने छ र भगवान र राक्षसलाई आफ्नो सेवक बनाउने छ । बिना कुनै बाधा उसले चार प्रकारको कार्यदक्षता मध्ये कुनै कार्य दक्षता सजिलै निर्वाह गर्ने छ । प्राणीमात्रको भलाईको लागी जसरी चाहन्छ त्यसरी नै जति चाहे पनि काम गर्न सक्ने छ ।बज्रगुरु मन्त्र ३ करोड वा ७ करोड पटक जप गरेमा उ तिन कालको बुद्धहरुबाट कहिल्यै छुटाउन नसकिने हुनेछ । म संग कहिल्यै नछुटने हुनेछ र आठ स्तरको देव र आत्माहरुले उसको आज्ञा मान्ने छ । उनीहरुले उसको वाक्यहरुको प्रशंशा गर्ने र उसले दिएको आज्ञाअनुशार गर्ने छ । सबैभन्दा असल अभ्यास गर्नेले इन्द्रेनी शरीर (Rainbow Body)प्राप्त गर्ने छ । -(यस्तो शरीर प्राप्त गर्दा शरीरको हाड र मासु इन्द्रेणीमा बिलय हुन्छ र नङ र मासु मात्र यस धरतीमा रहन्छ ) मध्यम स्तरको अभ्यासकर्ताले मृत्यु प्रकाशलाई एक आमाले बच्चालाई भेटे झै गरि भेटने छ । निम्न स्तरको अभ्यासकर्ताले समेत मलाई बर्दोमा भेट्ने छ । र भार्दोमा देखापर्ने अवस्थाबाट मुक्त हुनेछ । उसको जन्म ङयावलिङमा हुने छ र प्राणीमात्रको भलाईको लागी असिमीत कार्य गर्ने छ ।

"ओ महान गुरु दयापुर्ववक बज्रगुरु मन्त्र उच्चारणको फाईदाहरु र बज्रगुरु मन्त्रको शक्ति वर्णन गरिदीनु भयो । तर भविष्यको प्राणीहरुको फाईदाको लागी यद्यपी बज्रगुरु मन्त्रको प्रत्येक शब्दांशको फाईदा र शक्ति असीमीत छ, कृपया तिनीहरुलाई छोटकरीमा बताईदिनुहोस । "त्यसपछि महान गुरुले भन्नु भयो "त्यसो भए हे भद्र केटी बज्रगुरु मन्त्र मेरो मन्त्रको सार मात्र होईन । यो चार प्रकारको यिदाम, नौ यान, चौरासी हजार धर्म निर्देशन इत्यादीको जीवन सार तत्व पनि हो । यस मन्त्रमा तिन समयको सबै बुद्धहरुको सार तत्व र गुरुहरु, यीदामहरु, डाकीनीहरु र धर्मपालाहरु आदी पनि समावेश छन् । म तिनीहरु किन समावेश छ भन्ने बारे ब्याख्या गर्ने छु । त्यसकारण ध्यान दिएर सुन र यसलाई सम्झ । उच्चारण गर । लेख र भविष्यका प्राणीहरुलाई देखाउ । "ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ ओम आ हु शरीर मन र बचनको सर्वोच्च सारतत्व हो बज्र - बज्र परिवारको सर्वोच्च सार तत्व होगुरु - गुरु रत्न परिवारको सर्वोच्च सार तत्व होपद्म - पद्म परिवारको सर्वोच्च सार तत्व होसिद्धी - कार्यदक्षता परिवारको सर्वोच्च सार तत्व होहु सिद्धी सुगत परिवारको सर्वोच्च सार तत्व हो ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम पन्च बुद्ध परिवार हो, सम्भोगकाय होआ धर्मकाया, अपरिवर्तनीय पूर्ण सिद्धी होहु निर्माणकाय, गुरुसामु सम्पूर्णता होबज्र हेरुका देवको सभाको सम्पूर्णता होगुरु बिद्याधर देव सभाको सम्पूर्णता होपद्म डाकिनी र सुङद्रो देवसभाको सम्पूर्णता होसिद्धी सबै धर्मपालको जीवन शक्ति हो ओम आ हु बज्र गुरु पद्म सिद्धी हुओम आ हु तिन तहको तन्त्रको जीवन शक्ति होबज्र विनय र सुत्रपिटक दुइको जीवन शक्ति होगुरु अभिधर्म र कृया दुइको जीवन शक्ति होपद्म उप र योग दुइको जीवन शक्ति होसिद्धी महा र अनु दुइको जीवन शक्ति होहु महान सम्पूर्णता अति योगको जीवन शक्ति हो
ओम आ हु बज्र गुरु पद्म सिद्धी हुओम आ हुले तिनवटा बिषहरुको धमिलोपनलाई हटाउंछ बज्रले घृणाको धमिलोपनलाई हटाउंछगुरुले घमण्डको धमिलोपनलाई हटाउंछपद्मले आकांक्षाको धमिलोपनलाई हटाउंछसिद्धीले इष्याको धमिलोपनलाई हटाउंछहुले क्लेशको धमिलोपनलाई हटाउंछ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओम आ हुबाट धर्मकाया, सम्भोगकाया र निर्माणकाया प्राप्त हुन्छ ।बज्रबाट एना जस्तै सफा बिद्या प्राप्त हुन्छगुरुबाट समताको बिद्या प्राप्त हुन्छ पद्मबाट भेदपूर्ण बिद्या प्राप्त हुन्छ सिद्धीबाट सम्पूर्णताको बिद्या प्राप्त हुन्छ हु बाट सबै बिद्या प्राप्त हुन्छ ओम आ हु बज्र गुरु पद्म सिद्धी हुओम आहुले देव, दानव र मानवलाई तह लगाउंदछबज्रले गर्न्धर्व र अग्नी दानवलाई पराजीत गर्दछगुरुले यम र राक्षस दानवलाई पराजीत गर्दछपद्मले बरुण र वायु दानवलाई पराजीत गर्दछसिद्धीले यक्ष र इन्द्र दानवलाई पराजीत गर्दछहुले ग्रह र भुमी आत्मा दानवलाई पराजीत गर्दछ ओम आ हु बज्र गुरु पद्म सिद्धी हुओम आ हु द्वारा ६ वटा पारमीताहरु प्राप्त हुन्छन्
बज्रले सबैलाई शान्त गर्ने कार्यदक्षता प्राप्त हुन्छ गुरुले सबै सबै बृद्धीहुने कार्यदक्षता प्राप्त हुन्छपद्मले सबैलाई चुम्बकले जस्तै आकर्षण गर्ने कार्यदक्षता प्राप्त हुन्छ सिद्धी सबै कार्यदक्षताको कार्यदक्षता प्राप्त हुन्छ हु सबै भयानक कार्यदक्षता प्राप्त हुन्छ ओम आ हु बज्र गुरु पद्म सिद्धी हुओम आ हु ले बोन्पो र भिक्षुहरुको कालो जादुहरुलाई नष्ट गर्दछबज्रले बिद्या देवहरुको कालो जादुहरुलाई नष्ट गर्दछगुरुले आठ तहको देव र आत्माहरुको कालो जादुहरुलाई नष्ट गर्दछपद्मले संसारीक देव र आत्माहरुको कालो जादुहरुलाई नष्ट गर्दछसिद्धीले नाग र पृथ्वीको आत्माहरुको कालो जादुहरुलाई नष्ट गर्दछहु ले देव, असुर र मानवको कालो जादुहरुलाई नष्ट गर्दछ ओम आ हु बज्र गुरु पद्म सिद्धी हुओम आ हु ले तिन प्रकारको बिषहरुको सेनालाई नष्ट पारीदिन्छ बज्रले घृणाको सेनालाई नष्ट पारीदिन्छ गुरुले घमण्डको सेनालाई नष्ट पारीदिन्छ पद्मले आकांक्षाको सेनालाई नष्ट पारीदिन्छ सिद्धीले इष्र्याको सेनालाई नष्ट पारीदिन्छ हु ले देव, असुर र मानवको सेनालाई नष्ट पारीदिन्छ ओम आ हु द्वारा शरीर, मन र बचनको सिद्धी प्राप्त हुन्छबज्र द्वारा शान्तिमय र क्रोध देवहरुको सिद्धी प्राप्त हुन्छगुरु द्वारा गुरु बिद्याधरको महान सिद्धी सिद्धी प्राप्त हुन्छपद्म द्वारा डाकीनी र धर्मपालको सिद्धी प्राप्त हुन्छसिद्धी द्वारा सर्वोच्च तथा साधारण सिद्धी प्राप्त हुन्छहु द्वारा आफुले चाहेको जुनसुकै सिद्धी प्राप्त हुन्छ ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओ आ हुले अद्वितिय सुध्दभूमीमा पुराउंदछबज्रले पूर्वको गोमा सुध्दभूमीमा पुराउंदछगुरुले दक्षिणको पाल्देन सुध्दभूमीमा पुराउंदछपद्मले पश्चिमको डेचेन सुध्द भूमीमा पुराउंदछसिद्धीले उत्तरको लेराव सुध्दभूमीमा पुराउंदछहुले बिच भागको योमो सुध्दभूमीमा पुराउंदछ
ओम आ हु बज्र गुरु पद्म सिद्धी हु“ओ आ हु ले त्रिकाय बिद्याधर प्राप्त हुन्छबज्रले भुमिमा बास गर्ने बिद्याधर प्राप्त हुन्छगुरुले जीवनकाल शक्तीको बिद्याधर प्राप्त हुन्छपद्मले महामुद्रा बिद्याधर प्राप्त हुन्छसिद्धीले स्वेच्छा बिद्याधर प्राप्त हुन्छहु ले पूर्ण परिपक्व बिद्याधर प्राप्त हुन्छ एक पटक बज्रगुरु मन्त्र उच्चारण गर्दा प्राप्तहुने पुण्य प्राप्त भएमा त्यसलाई धान्न यो संसार सानो हुनेछ । निश्चय पनि जसले बज्रगुरु मन्त्र देख्दछ, सुन्दछ वा कण्ठस्त पार्दछ उ बिद्याधर स्तरमा स्थापित हुनेछ । बज्रगुरु मन्त्रको ग्यारेन्टीको लागी मैले भने अनुशारको फल प्राप्त नभएमा म पद्मसंभवले सारा प्राणीलाई धोका दिएको सरह हुने छ । तर निश्चय पनि मैले कसैलाई पनि धोका दिने छैन । त्यसकारण मैले आज्ञा दिएजस्तै गरि अभ्यास गर । कहिल्यै नअस्ताउने बिजय ध्वजा पताका माथी यस बज्रगुरु मन्त्रलाई राख यसलाई हावा चल्दा, हावाले हान्दा प्राणीहरुको मुक्ती हुनेछ । यसमा कुनै शंका छैन । अथवा यस बज्रगुरु मन्त्रलाई एउटा काठको टुक्रा वा ढुङ्गाको छेउमा लेखेर सडक छेउमा सजाएर राख यसलाई देख्दा खेरी मात्र पनि देख्ने प्राणीहरुको रोग ब्याधा, दुरात्मा र बाधा ब्यवधानहरु .हटेर जाने छ । यसले त्यस क्षेत्रका आत्मा र भुतप्रेतहरुको कृयाकलापलाई रोकिदिन्छ । यसलाई सुनौलो र गाढा निलो कपडामा लेखेर त्यसलाई पहिरिएमा भुतप्रेत, आत्माहरुले तिमीलाई हानी नोक्सानी पुराउन सक्तैन । जब तिम्रो मृत्यु हुन्छ, लास स्रगै यसलाई जलाएमार् इन्द्रेणी देखा पर्ने छ र सुखावतीमा तिम्रो जन्म हुने छ । यसलाई लेखेर पढेको पुण्य असिमीत छ । भविष्यको प्राणीहरुको भलाईको लागी मैले यो भनेको हु र यसलाई लुकाएर राखेको छु ।असल कर्म भएको भाग्यमानी ब्यक्तिले यसलाई फेला पारोस
समय ग्या ग्या ग्याभ्रष्ट दृष्टीकोण भएको ब्यक्तिबाट यसलाई गोप्य राख्नुग्या ग्या ग्यातिनीहरुको लागी जो समय संग छन्ग्या ग्या ग्या

ओ मा नी पद् मे हुँ को अर्थ


शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ ।
मा शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाई, झै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ ।
नी शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्म, रोग ब्याधा, बृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ ।
पद शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खता, एकअर्कालाई मारेर खानुपर्ने, मानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ ।
मे शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । भोको प्रेतको कष्ट निरन्तर भोक र प्यासले सताईनु पर्ने कष्ट हो । यो कष्ट लोभ लालच गरे बाट उत्पन्न हुन्छ ।
हूँ शब्दले नर्क लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । नर्कलोकको कष्ट अति नै जाडो र गर्मि खप्नुपर्ने कष्ट हो । यो कष्ट धृणा गरेबाट उत्पन्न हुन्छ ।
गुरु पद्मसंभवको जीवनी पुस्तकमा ओ म नि पद मे हुँ को महत्त्व
गुरु पद्मसंभवले राजा मुतिग र नजिकका चेलाहरूलाई भन्नुभयो-
"हे तिब्बती राजा, भद्रपुरुष र जनताहरू ! महा-करुणामयको सार तत्व 'ओं म णि पद् मे हुँ ' हो । एक पटकमात्र यसको उच्चारण गरे त्यसको पुण्य फल गन्न नसकिने हुन्छ । एउटा कमलको फूलको वीउबाट कति गुणा अन्य फूल उत्पन्न हुनेछ, त्यो कल्पनासम्म पनि गर्न सकिंदैन । तर त्यससंग तुलना गर्दा एक पटक मात्र पनि यी छवटा अक्षरहरूलाई उच्चारण गर्दा पाइने पुण्य त्यो भन्दा पनि बढी हुन्छ । एउटै तिलको बीउबाट अनेकौं बोट उत्पन्न हुन्छन् । छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गर्दा त्यसको पुण्य त्यो भन्दा बढी हुन्छ । जसरी 'चार महान्' लगायत अन्य अनगीन्ती नदीहरू नुनिलो समुद्रमा पुग्दछन् तर छ अक्षरको मन्त्र एक पटकमात्र उच्चारण गरे त्यो नै बढी हुन्छ । कल्पचिन्तामणीलाई प्रार्थना गरेर आफ्नो सवै इच्छाहरु पुरा गर्नुभन्दा पनि यो छ अक्षरको मन्त्र एकपटक मात्र उच्चारण गरे त्यो नै बढि हुन्छ ।
"ओ मा नी पद् मे हुँ"
बाह्रवर्षसम्मको वर्षा याममा परेको पानीको थोपा गन्न सम्भव होला तर छ अक्षरको मन्त्रलाई एकपटक मात्र उच्चारण गरेवापत प्राप्त हुने पुण्य गन्न सकिंदैन । चारवटै द्विपमा छरेको अन्नको बीउ गन्न सकिएला तर छ अक्षरको उच्चारणबाट पाउने पुण्यलाई गन्न सकिदैन । महासागरको पानीको थोपा एक एक गरी गन्न सकिएला तर छ अक्षर उच्चारण गरेवापत जम्मा हुने पुण्य गन्न सकिंदैन । सबै जनावरको शरीरको रौं गन्न सकिएला तर छ अक्षरलाई उच्चारण गरे वापत कमाइने पुण्यलाई गन्न सकिंदैन ।
"ओ मा नी पद् मे हुँ"
यी छ अक्षरहरु महा-करुणामयको सारतत्व भएकाले एउटा अस्सी हजार माइल अग्लो उल्काको फलामे पहाडलाई एक कल्पमा एकपटक 'कसिका'को सबैभन्दा कमलो कपासले रगडेर खियाउन सकिन्छ तर छ अक्षरको मन्त्र उच्चारणले कमाइने पुण्यलाई सिध्याउन सकिंदैन । सम्पूर्ण सुमेरु पर्वतलाई मेरुचे कीराले खाएर सिध्याउन सक्ला तर छ अक्षरलाई एकैपटक उच्चारण गरे पनि त्यसबाट पाइने पुण्यलाई मेटाउन सकिंदैन ।
टिटो चराले गङ्गा नदी किनारको सबै वालुवा आफ्नो चुच्चोले हटाउन सक्ला तर छ वटा अक्षरलाई एकपटक मात्र उच्चारण गरेवापत पाइने पुण्यलाई हटाउन सकिंदैन । सुमेरु र चारवटै द्विपको माटोलाई हावाले उडाएर लान सक्ला तर छ अक्षरलाई एकपटकमात्र उच्चारण गर्दा जम्मा हुने पुण्यलाई खत्तम गर्न सकिंदैन । ओ मा नी पद् मे हुँ
सबै ब्रम्हाण्डको बुद्धको अस्तु र सातवटा बहुमूल्य वस्तु राखेर बनाइएको स्तुप र त्यसमा अर्पण गरिने दैनिक पूजा-आजा र प्रसादबाट प्राप्त हुने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र एक पटकमात्र उच्चारण गरेवापत जम्मा हुने पुण्यलाई गणना गर्न सकिंदैन । बुद्ध र बुद्धक्षेत्रलाई अर्पण गरिने धूप, नैवेद्य, बत्ती, अत्तर, नुहाउने पानी, सङ्गीत आदि सबै ब्रम्हाण्डको बालुवा जत्तिकै अर्पण गरेवापत कमाइने पुण्यलाई गणना गर्न सकिएला तर छ अक्षरको यो मन्त्र उच्चारण एक पटक मात्र गरे त्यसबाट प्राप्त हुने पुण्यलाई गणना गरेर पुण्य आँक्न सकिंदैन ।
ओ मा नी पद् मे हुँ
यी छ अक्षर महा-करुणामयको चित्तको सार तत्व भएकाले यदि तिमीले यो मन्त्र दिनको एकसय आठ पटक उच्चारण गरे त्रि्रो पुनर्जन्म तीनवटा तल्लो जुनी -दर्ुगती)मा हुने छैन । आउने जीवनमा तिमीले मानिसको शरीर प्राप्त गर्नेछौ र तिमीले आर्य अवलोकितेश्वरको साँचिकै दर्शन पाउनेछौं । यदि तिमीले यो मन्त्र ठीकसँग दिनको एक्काईसपटक उच्चारण गरेमा बुद्धिमान् हुनेछौ र आफूले सिकेको कुरा बिर्सने छैनौ । तिम्रो स्वर सङ्गीतमय हुनेछ र बुद्ध धर्मका सबै अर्थहरू बुझ्न सक्ने हुनेछौं । यदि तिमीले यो मन्त्र दिनको सातपटक उच्चारण गरेमा तिम्रो सबै कुकार्यहरूको शुद्धीकरण हुनेछ र तिम्रा सबै बाधा-व्यवधानहरू समाप्त भएर जानेछन् । आउने जीवनहरूमा जहाँ जन्म भए पनि तिमी आर्य अवलोकितेश्वरबाट कहिल्यै छुटिनेछैनौ ।
जब कसैलाई रोगले ग्रस्त पार्दछ वा भूतप्रेतले समाउँछ त्यसबेला निको पार्ने अन्य सांसारिक पूजा र वाधाहरू हटाउने प्रार्थना भन्दा छ अक्षर उच्चारणबाट प्राप्त हुने फल बढी प्रभावकारी हुनेछ । कुनै पनि औषधि उपचार भन्दा छ अक्षरको मन्त्र रोग-व्याधीको लागि प्रभावकारी हुन्छ ।
छ अक्षरको मन्त्रको पुण्य यति व्यापक छ कि तीन कालको बुद्धले पनि त्यसको पूरा वर्णन गर्न सक्तैनन् । त्यस्तो किन - किनकि यो मन्त्र महा करुणामय बोधिसत्त्व आर्य अवलोकितेश्वरको चित्तको सारसत्व हो, जसले छ वटै लोकका प्राणीहरूलाई करुणा दृष्टिले निरन्तर हेरिरहनु हुन्छ । त्यसकारण यो मन्त्र उच्चारण गर्नाले छ वटै लोकका प्राणीहरूले संसारबाट मुक्ति पाउँदछन्
हे भविष्यका राजा र अनुयायीहरू ! आफ्नो यिदमको रूपमा महा-करुणामयलाई लिनू । छ अक्षरको सार मन्त्रलाई निरन्तर जप्नू । तल्लो लोकमा जाने शंकाबाट मुक्त हुनू । हिमाली भेगकालागि खटिएका एकमात्र देव आर्य अवलोकितेश्वर हुनुहुन्छ । उहाँलाई श्रद्धा र भक्तिले प्रार्थना गर्नू । तिमीले आशीर्वाद र सिद्धि प्राप्त गर्नेछौ । साथै शङ्का र हिच्किचाहटबाट मुक्त हुनेछौ । तीनवटै कालका बुद्धहरुले सिकाएको धर्ममा यो भन्दा छिटो र गहिरो धर्म नभएको कुरा म पद्मसंभवलाई थाहा छ । म पद्मसंभव अब जाने भएकाले हाल उपस्थित वा भविष्यमा देखापर्ने तिब्बती अनुयायी, राजा र जनताहरूले यसलाई हृदयमा राख्नू । "
गुरुपद्मका यो शब्दहरू सुनेर तिब्बतका राजा र नजिकका अनुयायीहरू हर्षविभोर भए र गुरु पद्मलाई जमीनमा झुकेर दण्डवत गरे ।
महा-करुणामयीको छ अक्षरको मन्त्रको पुण्यहरुबारे बर्णन गरिएको 'मणिमाला' नामक गुरु पद्मसंभवको जातक सम्बन्धि धर्म र इतिहासको उन्चालीसौं अध्याय समाप्त भयो ।

ओ मा नी पद् मे हुँ मन्त्र जप्नुका फाईदाहरु
ओ म नि पद मे हुँ मन्त्र जप्नुका फाईदाहरु आकाश जत्तिकै अनन्त छ। मन्त्र जप गर्ने मानिसको मन सहि अर्थमा कति योग्य छ भन्ने कुराहरु र उसको उत्प्रेरणामा भर परेर ओ मा नि पद् मे हुँ लाई एकपटक उच्चारण गर्दा समेत यसबाट नकारात्मक कर्म शुद्धिकरण हुन्छ । उदाहरणको लागि चारवटा सम्पूर्ण दोषहरुलाई प्राप्त गरेका पूर्णतया प्रवजित भीक्षुले त्यस ज्यादै ठुलो अकुशल कर्मलाई एक पटक मत्र ओ म नि पद् मे हुँ मन्त्र उच्चारण गरेर शुद्धिकरण गर्न सक्छ । यसप्रकारले यो ज्यादै शक्तिशाली छ प्रत्येक दिन एकहजारपटक मन्त्र जप गर्नुः"ओ मा नी पद् मे हुँ" जप्नुका फाईदाहरु यति धेरै छन कि त्यसबारेको वर्णन कहिल्यै पनि समाप्त हुँदैन भनेर उपदेशहरुमा भनिएको छ । उपदेशहरुमा वर्णन गरिए अनुसार यदि कसैले ओ मा नि पद् मे हुँ मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा सात पुस्ता सम्मका उसका बालबच्चाहरुको तल्लो जुनीमा पुनर्जन्म हुने छैन । यसप्रकारले उदाहरणको लागि यदि माता पिताहरुले ओ मा नि पद् मे हुँ मन्त्र दिनको एकहजारपटक उच्चारण गरेमा तिनीहरुको बालबच्चाहरु र ती बालबच्चाहरुको पनि बाल बच्चाहरु ईत्यादि गरेर सात पुस्ता सम्मका बालबच्चाहरुको जन्म तल्लो लोकमा कहिले पनि हुने छैन । यसप्रकारले माता पिताहरुको ज्यादै ठूलो उत्तरदायित्त्व छ ! माता पिताहरुले आफ्ना नाती पनातीहरुका लागि फाईदा पुर्‍याउन सक्ने यो एउटा तरिका हो ।
यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको शरीर आशिर्वादयुक्त हुन्छ । यसप्रकारले ओ मा नि पद् मे हुँ मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गर्ने कोही उदाहरणको लागि पानी भित्र, नदी वा समुद्रमा जाँदाखेरि त्यो पानी आशिर्वादयुक्त हुन्छ । त्यस पानीले माछा वा सानो वा ठुलो जीवहरु अथवा सानो किराहरु जेसुकैलाई छोए पनि ती सम्पूर्ण चेतनशील प्राणीहरुको नकारात्मक कर्म शुद्धिकरण हुन्छ र तीनीहरुको पुनर्जन्म तल्लो जुनीहरुमा हुँदैन ।
यदि कसैले "ओ मा नी पद् मे हुँ" मन्त्रलाई प्रत्येक दिन एकहजार पटक उच्चारण गरेमा उसको देहान्त भएर उसको शरीरलाई जलाउँदाखेरि त्यसबाट उत्पन्न हुने धुँवाले छुने वा त्यसलाई सुँघ्ने जोसुकैको नकारात्मक कर्मलाई समेत शुद्धिकरण गर्छ । ती चेतनशील प्राणीहरुको तल्लो जुनीहरुमा पुनर्जन्म लिने नकारात्मक कर्म शुद्धिकरण हुन्छ
पन्ध्रवटा मुख्य लाभहरुः

१. सम्पूर्ण जीवनकालभरि नै पुण्यवान मानिसहरू भएको स्थानमा जन्म हुन्छ र पुण्यवान मानिसहरू रहेको त्यस्तो स्थानमा रहँदा धर्म अभ्यास गर्ने प्रसस्त अवशरहरु प्राप्त हुन्छन् ।
२. सँधै प्रसस्त धर्म अभ्यासहरु गरिने, प्रसस्त मन्दिरहरु रहेको, प्रसस्त अर्पणहरु चढाउन सकिने, प्रसस्त पवित्र बस्तुहरु, मुर्तिहरु, स्तुपहरु ईत्यादि रहेको पुण्यवान स्थानहरुमा पुनर्जन्म हुनेछ । यी सम्पूर्ण पवित्र बस्तुहरु भएको स्थानमा रहनाले धर्म अभ्यास गर्ने, खुशीको कारण उत्पन्न गर्ने र पुण्य संग्रह गर्ने अवशर उपलब्ध हुन्छ र धर्म अभ्यास गर्ने मानिसहरु प्रसस्त भएको स्थानमा रहनाले खुशी उत्पन्न हुने कारण -धर्मको अभ्यास गर्नका लागि प्रेरणा प्राप्त हुन्छ ।
३. सँधै धर्म अभ्यासलाई मद्दत पुर्‍याउने भाग्यशाली समय र असल परिस्थितीहरु प्राप्त हुन्छ ।
४. कैयन असल कुराहरु हुने भएकाले त्यसले धर्म अभ्यास गर्न, उपदेशहरु प्राप्त गर्न र ध्यान गर्नका लागि प्रेरणा दिन्छ ।
५. सँधै पुण्यवान मित्रहरुसँग भेट गर्न सक्षम भईन्छ ।
६. सँधै त्रुटिविहिन मानव शरीर प्राप्त हुन्छ ।
७. पथ र पुण्यसँग मन परिचित हुन्छ ।
८. तपाईं वरिपरिका मानिसहरु –परिवारको सदस्यहरु, धर्मका विद्यार्थीहरु, कार्यलयका मानिसहरु इत्यादी तपाईं प्रति दयालु र सुसंगत हुनेछन् ।
९. तपाईंसँग जहिले पनि जीउने माध्यम -सम्पत्ति हुनेछ ।
१०. तपाईंलाई अरुले जहिले पनि सुरक्षा र सेवा गर्नेछन् ।
११. तपाईंको सम्पत्ति अरुबाट चोरी हुने र अरुबाट लगिने छैन
१२. तपाईंले चाहेको सवैकुरा पुरा हुनेछ ।
१३. तपाईं जहिले पनि पुण्यवान नाग र देवहरुद्वारा सुरक्षीत हुनुहुनेछ ।
१४. सम्पूर्ण जीवनकालहरुमा तपाईंले बुद्धलाई देख्नुहुनेछ र धर्मलाई सुन्न सक्षम हुनुहुनेछ
१५. शुद्ध धर्मलाई सुनेर तपाईंले गहन अर्थ, शुन्यतालाई साक्षात्कार गर्न सक्नुहुनेछ ।
उपदेशहरुमा भनिए अनुसार करुणाका साथ यस मन्त्रलाई उच्चारण गर्ने देव वा मनुस्य जो कोही ले यी पुण्यहरु प्राप्त गर्नेछन् । त्यसबाहेक यस मन्त्रमा कैयन प्रकारका रोगहरुबाट चङ्गा पार्ने र सवै प्रकारको हानीबाट सुरक्षा गर्ने शक्ति छ । मन्त्रको रुपमा प्रकट हुने करुणावान बुद्धले हामीलाई सम्यक सम्बोधितर्फ डोर्‍याउँछ । करुणावान बुद्धको पवित्र कायको सम्बन्धमा हामी अर्पणहरु चढाउँछौ, पुण्य संग्रह गर्छौ, शुद्धिकरण गर्छौ र ध्यान गर्छौ । त्यसपछि करुणावान बुद्ध ओ म नि पद् मे हुँ मन्त्रको रुपमा प्रकट हुनुहुन्छ । यो मन्त्र उच्चारण गर्नाले हाम्रा नकारात्मक कर्महरु एकत्र हुन्छन र हामीले गुरु भक्तिदेखि त्याग, बोधिचित्त र शुन्यता देखी तन्त्रका दुइवटा स्तरसम्म साक्षात्कार गर्नका लागि कारक बन्छ । त्यसपछि हामी सम्पूर्ण चेतनशील प्राणीहरुलाई सम्यक सम्बोधि सम्म ल्याउनका लागि सक्षम हुन्छौं । यस मन्त्रले हामीलाई कसरी लाभ पुर्‍याउँछ भन्ने कुरा यहि हो । यो हामीलाई फाईदा पुर्‍याउनका लागि वाह्य रुपमा देखा परेको करुणावान बुद्धको पवित्र वचन हो ।
-लामा झोपा रिन्पोछे ।

आफनो मनलाई सागर झै बनाउनुहोस्

तपाईंले आफ्नो मनभित्र हेर्नुहोस् । यदि तपाईं आफ्ना सम्पूर्ण सुख सुविधाहरू भौतिक वस्तुहरूबाट आउँछ भन्ने कुरालाई व्यग्रताका साथ विश्वास गरेर आफ्नो सम्पूर्ण जीवन त्यसलाई प्राप्त गर्नका लागि समर्पित हुनुहुन्छ भने तपाईं एउटा गम्भीर प्रकृतिको गलत धारणाको नियन्त्रणमा हुनुहुन्छ । यो प्रवृत्ति एउटा सरल रूपको बौद्धिक कुरा मात्र होइन । तपाईंले यो कुरा प्रथम पटक सुन्दा तपाईंले "ओह ! मेरो त्यस्तो प्रकारको मन छैन । बाहिरी भौतिक वस्तुले पूर्णताको सुख दिन्छ भन्ने कुरामा म पूर्णतया पटक्कै विश्वास गर्दिनँ । " भन्ने सोच्न पनि सक्नुहुन्छ । तर आफ्नो मनको ऐनामा अझ गहिरिएर हर्ेर्नुहोस् । तपाईंले त्यस बौद्धिकता भन्दा पर त्यस्तो प्रकारको प्रवृत्ति अवश्य रहेको पाउनु हुनेछ र आफ्नो दैनिक कार्यले त्यसलाई गहनतासाथ देखाउँछ । तपाईंले त्यस गलत धारणालाई वास्तवमा नै विश्वास गर्नुहुन्छ । त्यस्तो निम्नस्तरको मनबाट तपाईं साँच्ची नै प्रभावित हुनुहुन्छ कि हुनुहुन्न भनेर आफूभित्र नै जाँच गरेर हेर्नका लागि अहिले केही समय लिनुहोस् ।
भौतिक संसारमा गहिरो विश्वास हुने त्यस्तो प्रकारको मन साँघुरो र सिमित हुन्छ; त्यसको कुनै विस्तार हुँदैन । त्यसको प्रकृति विरामी र रोगी हुन्छ अथवा बौद्ध प्रणाली अनुसार द्वैध (Dual) हुन्छ ।
धेरै देशहरूमा लागू पदार्थ सेवन गर्नेजस्ता असाधारण व्यवहार गर्नेहरूसँग मानिसहरू डराउँछन् । तिनीहरूले लागूपदार्थको प्रयोगविरुद्ध कानुनहरू बनाउँछन् र देशमा तस्करी गरेर लागूपदार्थ भित्र्याउनेहरूलाई पक्रन सघन रूपको भन्सार नियन्त्रण प्रणाली लागू गर्छन् । यसलाई अझ नजिकबाट जाँच गरेर हेर्नुहोस् । लागूपदार्थको दुर्व्यसन लागूपदार्थबाट नै होइन, मानिसको मनबाट आउँछ । लागूपदार्थसँग भन्दा मानिसलाई दुर्व्यसनी बनाउने मनोवैज्ञानिक भाव वा प्रदूषित मनसँग डराउन बढी अर्थपूर्ण हुन्छ, जसले मानिसलाई दुर्व्यसनी बनाउँछ वा स्वयंलाई पतन गराउने अन्य व्यवहारमा लगाउँछ । तर त्यसको बदला हामीले मनको भूमिकालाई पूर्णरूपले बेवास्ता गरेर लागूपदार्थकै बारेमा अनेकौं प्रकारले पिरोलिन्छौँ । यो पनि एउटा गम्भीर प्रकृतिको गलत धारणा हो । केही मानिसहरूले सेवन गर्ने लागूपदार्थ भन्दा ज्यादै खराब हो गलत धारणा केही लागूपदार्थभन्दा कैयौं गुणा बढी खतरनाक हुन्छ । लागूपदार्थ आफै त्यत्ति टाढासम्म फैलन सक्दैन तर गलत धारणा जताततै फैलन सक्छ र कष्ट उत्पन्न गरेर देशभरि नै गडबढी उत्पन्न गर्दछ । यी सबै मनबाट नै आउँछन् । समस्या यो हो कि हामीले आफ्नो मनको मनोवैज्ञानिक प्रकृतिलाई बुझ्दैनौं । हामीले मानिसले सेवन गर्ने भौतिक वस्तुलाई मात्र ध्यान दिन्छौं । हामी सधैँ सिमाना नाघेर आउने मूर्खतापूर्ण विचारहरू, दूषित तथा गलत धारणाहरूबारे पूर्णरूपले असावधान हुन्छौं सम्पूर्ण मानसिक समस्याहरू मनबाट उत्पन्न हुन्छन् । हामीले मानिसहरूलाई "तपाईं आफूलाई कमजोर अनुभव गरेको कारण तपाईंलाई एउटा शक्तिशाली कार चाहिन्छ वा अन्य भौतिक सम्पत्ति चाहिन्छ भन्नुको बदला हामीले उनीहरूको मनको उपचार गर्नुपर्छ । मानिसहरूलाई खुसी हुनका लागि कुनै सामान किन्न जानुहोस् भन्नु कुनै बुद्धिमतापूर्ण सल्लाह होइन । त्यस मानिसको आधारभूत समस्या भौतिक सम्पत्तिको कमि होइन मानसिक असन्तुष्टि हो । मानसिक समस्याहरू लाई समाधान गर्ने र रोगीहरूलाई कसरी उपचार गर्ने भन्ने सम्बन्धमा पश्चिमी मुलकहरूमा अभ्यास गरिने विधि र भगवान् बुद्धको मनोविज्ञानको बिचमा ठूलो भिन्नता छ ।जब त्यो रोगी फेरि फर्किर्एर आएर भन्छ "तपाईंले भन्नुभएझैँ मैले नयाँ कार किनेँ तर म अझ पनि खुसी छैनँ ।" शायद चिकित्सकले भन्नेछ "तपाईंले अझबढी महंगोचाहिं कार किन्नुभएको भए हुन्थ्यो ।" अथवा "तपाईंले अझ राम्रो रङ छान्नुभएको भए हुन्थ्यो ।" उनी गएर त्यसो गरे तापनि ऊ फेरि पनि खुसी नभइकन नै आउन सक्तछ । एउटा व्यक्तिको वातावरणमा जतिसुकै सतही परिवर्तनहरू गरिए पनि उसका समस्याहरू लोप हुँदैन । बौद्ध मनोविज्ञानले यो सिफारिस गर्छ कि एउटा विचलित अबस्थाबाट अर्को विचलित अबस्थामा विस्थापित गर्नको बदला-एउटा समस्यालाई एकपछि अर्कोमा अन्त्यहीन परिवर्तन गर्नुको बदला कारलाई एकदिनका लागि त्याग गर्नुहोस् । त्यसको परिणाम के हुन्छ हर्ेर्नुहोस् । एउटा समस्यालाई अर्को समस्याले प्रतिस्थापन गर्दैमा कुनै समाधान निस्कँदैन । त्यो एउटा परिवर्तन मात्र हो । यद्यपि परिवर्तन मानिसलाई आफूले अझ राम्रो भएको सोचेर मूर्ख बनाउनलाई कहिलेकाहीँ पर्याप्त हुन सक्छ तर तिनीहरू यथार्थ हुदैनन् । आधारभूत रूपमा उनीहरूले अझ पनि त्यही कुरा अनुभव गरिरहेका हुन्छन् । मेरो मतलब यी सबैकुरा यथाशब्द होइनन् । मैले मानिसहरूले मानसिक समस्याहरूलाई भौतिक वस्तुबाट समाधान गर्ने प्रयास कसरी गर्छन् भनेर उदाहरण दिन खोजेको मात्र हो ।तपाईंको मनको स्वभावलाई चिन्नुहोस् । मानव भएकाले हामी जहिले पनि सन्तुष्टि प्राप्त गर्न चाहन्छौं । मनको स्वभाव जान्नाले हामी आफूले आन्तरिक रूपले संतुष्ट पार्न सक्छौं र शायद अनन्त रूपले पनि सन्तुष्ट हुन सक्छौं तर तपाईंले आफ्नै मनको प्रकृतिलाई बुझ्नु पर्छ । हामीले चेतनाको संसारलाई त्यति स्पष्टसँग देख्छौं तर हामी आफ्नो आन्तरिक संसारमा पूर्णतया अन्धो छौँ, जहाँ गलत धारणाको निरन्तरको कार्यले हामीलाई असंतुष्टि र दुःखको नियन्त्रणमा राख्छ । हामीले पत्ता लगाउनु पर्ने कुरा त्यही हो । यो अति महत्त्वपूर्ण छ कि बाहिरी वस्तुले मात्र तपाईंलाई सन्तुष्टि दिन्छ वा तपाईंको जीवन र्सार्थक बनाउँछ भन्ने गलत धारणाग्रस्त छैन भनेर तपाईं निश्चित हुनुहोस् । मैले पहिला भनेअनुसार यो विश्वास साधारण रूपले बौद्धिक मात्र छैन- यस भ्रमको गहिरो जरा तपाईंको मनको गहिराइसम्म पुग्छ । तपाईंका कैयन गहन अभिलाषाहरू तपाईंको बौद्धिकताभन्दा धेरै टाढा र तल पुरिएका छन; जुन तपाईंको बौद्धिकतामुनि बौद्धिकता भन्दा बलियो गरेर रहेको हुन्छ । केही मानिसहरूले "मेरो आधारभूत मनोविज्ञान स्वस्थ्य छ । भौतिक वस्तुहरूमा मेरो विस्वास छैन; म धर्मको विद्यार्थी हुँ ।" भन्ने सोच्न सक्छन् । कुनै धार्मिक दर्शन वा सिद्धान्त सिक्दैमा तपाईं आध्यात्मिक व्यक्ति बन्नुहुन्न । बौर्द्धधर्म, हिन्दुधर्म र क्रिश्चियनधर्मबारे विश्वविद्यालय का कैयन प्राध्यापकहरूले तपाईंलाई बौद्धिक तथा स्पष्ट व्याख्यान दिन सक्छन् । तर त्यसले मात्र तिनीहरूलाई आध्यात्मिक व्यक्ति बनाउँदैन । तिनीहरू आध्यात्मिक रूपले उत्सुक ब्यक्तिहरूका लागि टुरिष्ट गाईडजस्ता मात्र हुन् । यदि तपाईंले आफ्नो शब्दहरूलाई अनुभवमा बदल्न सक्नुहुन्न भने तपाईंको सिकाइले न त तपाईंहरूलाई न त अरूलाई नै मद्दत गर्छ । धर्मको बौद्धिक व्याख्या गर्न सक्नु र त्यस ज्ञानलाई आध्यात्मिक अनुभवमा बदल्नुमा ठूलो अन्तर छ ।तपाईं आफूले जे सिक्नुभएको छ, त्यसलाई आफ्नै अनुभवमा ढाल्नुपर्छ र विभिन्न कार्यहरूले ल्याउने परिणामहरूलाई बुझ्नुपर्छ । तपाईंसँग साँचो नभएको कारण कुनै दर्शनको विद्वत छात्रवृत्तिले आफ्नो मनलाई कुनै सहायता पुर्‍याउँदैन भने तपाईंले एक कप चिया खाए शायद त्योभन्दा फाइदाजनक होला किनभने कमसेकम त्यसबाट तपाईंको तिर्खा त मेटिन्छ । काम नलाग्ने दर्शन अध्ययन गर्नु केवल समय र शक्तिको वर्वादी मात्र हो । आध्यात्मिक शब्दको वास्तविक अर्थ तपाईंले बुझ्नुहुन्छ भन्ने मलाई आशा छ यसको अर्थ मनको वास्तविक प्रकृतिको खोजी गर्नु हो, जाँचबुझ गर्नु हो । बाहिरी रूपमा आध्यात्मिक भन्ने वस्तु केही पनि छैन । मेरो माला आध्यात्मिक होइन; मेरो चिवर आध्यात्मिक होइन । आध्यात्मिक भनेको मन हो र आध्यात्मिक मानिसहरू ती हुन् जसले यसको प्रकृतिबारे जान्न खोज्छ । यसबाट तिनीहरूले आफ्नो व्यवहार, आफ्नो मन, वचन र शरीरको कार्यको अंशलाई बुझ्छन् । तपाईंले सोच्ने र गर्ने कुराहरूको कर्मको परिणामहरूबारे तपाईंले बुझ्नुहुन्न भने तपाईंले आध्यात्मिक व्यक्ति हुने कुनै उपाय छैन । धार्मिक दर्शनबारे केही कुरा जान्दैमा त्यो तपाईंलाई आध्यात्मिक बनाउन पर्याप्त हुँदैन ।
आध्यात्मिक पथमा प्रवेश गर्नका लागि तपाईंले आफ्नो मनोवृत्ति र आफ्नो मनले वस्तुहरूलाई कसरी ग्रहण गर्छ भनेर बुझ्न शुरु गर्नुपर्छ । यदि तपाईं सूक्ष्म अणुमाथि मात्र अनुरक्त भएर त्यसको कैदमा हुनुहुन्छ भने तपाईंको सिमित, लालसायुक्त मनले आफ्ना लागि जीवनको सुख भोग गर्न असम्भव छ । बाहिरी उर्जा यत्ति मात्रामा सिमित हुन्छ कि यदि तपाईंले आफूलाई त्यसकै कैदमा रहन दिनुभयोभने तपाईंको मन आफै पनि सिमित हुन जान्छ । तपाईंको मन साँघुरो हुँदा साना कुराहरूले पनि त्यसलाई सजिलै विचलित तुल्याउँछ । आफ्नो मनलाई सागरझैँ बनाउनुहोस् ।धार्मिक व्यक्तिहरूले नैतिकताबारे चर्चा गरेको हामी धेरै सुन्छौं । नैतिकता भनेको के हो - नैतिकता भनेको मनको प्रकृतिलाई बुझ्ने ज्ञान हो । आफनै प्रवृत्तिलाई बुझ्ने मन स्वत नैतिक वा सकारात्मक हुन्छ; र त्यस्तो मनबाट प्रेरित भएको कार्यहरू पनि समारात्मक नै हुन्छन् । हामीले नैतिकता त्यसैलाई भन्छौं । साँघुरो मनको आधारभूत प्रकृति अज्ञानता हो । त्यसैले साँघुरो मन नकारात्मक हुन्छ । यदि तपाईंलाई आफ्नो मनको मनोवैज्ञानिक प्रकृतिबारे थाहा भयो भने उदासीपन आफै हराएर जान्छ; अपरिचित र शत्रु हुनुको बदला सम्पूर्ण प्राणीहरू तपाईंको साथी बन्नेछन् । साँघुरो मनले तिरस्कार गर्छ । ज्ञानले स्वीकार गर्छ । यो कुरा साँचो हो कि होइन भनेर हेर्न आफ्नो मनलाई जाँच्नुहोस् । संसारले दिन सक्ने सम्पूर्ण सम्भाव्य चेतनाको आनन्द तपाईंले प्राप्त गरे पनि तपाईं असन्तुष्ट नै रहनुहुन्छ । त्यसले यो देखाउँछ कि सन्तुष्टि कुनै पनि बाहिरी वस्तुबाट होइन आफूभित्रबाट आउँछ । कहिलेकाहीँ हामी आधुनिक संसारबाट चकित हुन्छौं "वैज्ञानिक प्रविधिले कस्तो आर्श्चर्यजनक प्रगति गरेको छ; कस्तो आनन्दको वस्तु ! हामीसँग यस्तो कुरा पहिले कहिल्यै थिएन ।" तर एक कदम पछि हट्नुहोस् र एक पटक फेरि हेर्नुहोस् । हामीले केही समय पहिला आनन्ददायी सोचेको वस्तु नै हामीविरुद्ध उठ्न थाल्छ । हामीले आफ्नो जीवनलाई सजिलो बनाउन विकास गरेको वस्तुले नै हामीलाई चोट पुर्‍याउँछ । तपाईंले आफू वरिपरिका वस्तुहरूलाई मात्र नहर्ेर्नुहोस् बरु जति बृहत् रूपमा संभव छ जाँच गर्नुहोस् । मैले भन्न खोजेको कुराको सत्यता देख्नुहुनेछ । जब हामी कुनै भौतिक वस्तु पहिलोपटक बनाउँछौं, हामी सोच्छौं "ओह ! यो कस्तो कामलाग्दो छ ।" तर त्यो बाहिरी उर्जा क्रमशः भित्री रूपमा परिवर्तन हुन्छ र आफैलाई नष्ट पार्छ । माटो, पानी, आगो र हावा चारवटा तत्वहरूको प्रकृति त्यस्तै हो । बौद्ध विज्ञानले हामीलाई सिकाउने यही हो । तपाईंको शरीर पनि यस नियमको अपवाद छैन । तपाईंका तत्वहरूले एक आपसमा सहयोग गरेसम्म तपाईंको शरीर सुन्दरताका साथ बृद्धि हुन्छ । तर केही समयपछि ती तत्वहरू एक अर्का विरुद्ध जान्छन् र तपाईंको जीवन समाप्त पार्छ । यस्तो किन हुन्छ - किन कि ती भौतिक गोचर वस्तुहरूको सिमित प्रकृतिको कारण हुन्छ; जब तिनीहरूको उर्जा समाप्त हुन्छ तिनीहरू हामीले आफूवरिपरि देख्ने पुराना घरहरू ढलेझैँ ढल्छन् । जब हाम्रो शरीर बिरामी पर्छ र कुप्रो हुन्छ, त्यो हाम्रो भित्री उर्जाहरू आपसी द्वन्द्वमा छन्, भित्री उर्जाहरू असंतुलित छ भन्ने कुराको संकेत हो । त्यो भौतिक संसारको पद्दति हो; त्यसको आस्थासँग केही पनि लिनुदिनु छैन । जबसम्म हामी मानव शरीरको रगत, मासु र हड्डीमा जन्म लिइरहन्छौं, विश्वास गरे पनि नगरे पनि हामीले खराब अबस्थाहरूको अनुभव गरिनै रहनेछौं । यो सांसारिक शरीरको प्राकृतिक विकास हो ।
मानव मन भने पूर्णतया फरक छ । मानव मनको असिमित विकासको सम्भाव्यता छ । तपाईंले सानो रूपमा भए पनि वास्तविक सन्तुष्टि मनबाट आउँछ भन्ने कुरा पत्ता लगाउनुभयो भने तपाईंले त्यस अनुभवलाई असिमित रूपमा विस्तार गर्न सकिन्छ र चिरकालीन सन्तुष्टि पत्ता लगाउन सकिन्छ भन्ने कुरा महसुस गर्नुहुनेछ त्यो वास्तविकता अति सरल छ । तपाईंले आफैले अहिल्यै त्यसको जाँच गर्न सक्नुहुन्छ । तपाईंले सन्तुष्टिको अनुभव कहाँ गर्नुहुन्छ ? नाकमा ? आँखामा ? टाउकोमा ? फोक्सोमा ? मुटुमा ? पेटमा ? सन्तुष्टिको अनुभव कहाँ हुन्छ ? खुट्टामा ? हातमा ? दिमागमा ? होइन त्यो तपाईंको मनमा हुन्छ । यदि तपाईंले त्यो आफ्नो दिमागमा छ भन्नुहुन्छ भने तपाईंले त्यो आफ्नो नाकमा वा खुट्टामा छ भनेर किन भन्न सक्नुहुन्न ? तपाईंले किन छुट्याउनुहुन्छ ? यदि तपाईंको खुट्टामा चोट लाग्छ भने तपाईंले त्यो त्यहाँ तल अनुभव गर्नुहुन्छ तपाईंको टाउकोभित्र अनुभव गर्नुहुन्न । जे होस्, तपाईंले अनुभव गर्ने आनन्द, पीडा वा अरू अनुभवहरू सबै मनको एउटा अभिव्यक्ति मात्र हो ।
"आज मेरो दिन राम्ररी बित्यो" भनेर तपाईंले भन्दा खेरी त्यसले तपाईंले आफ्नो मनमा एउटा खराब दिनको सम्झना बोकिरहनुभएको छ भन्ने देखाउँछ । मनले असल, खराब भनेर नछुट्टाएसम्म असल वा खराब भन्ने कुरा अनुभव हुँदैन । तपाईंले आज बेलुकीको खाना असल थियो भन्दा खेरी यसको मतलब तपाईंले आफ्नो मनमा खराब खानाको सम्झना बोक्नुभएको छ भन्ने देखाउँछ । खराब खानाको अनुभवविना तपाईंलाई आज रातिको खाना असल थियो भन्न असंभव हुन्छ । त्यस्तै गरेर "म एउटा असल श्रीमान् हुँ ।" "म खराब श्रीमती हुँ ।" भन्ने जस्ता कुराहरू पनि मनको एउटा अभिव्यक्ति मात्र हो । "म खराब छु ।" भनेर कसैले भनेमा ऊ खराब नै हुनर्ुपर्छ भन्ने छैन । "म असल छु ।" भन्ने कोही असल नै छ भन्ने जरुरी छैन । शायद "म त्यस्तो असल पति हो ।" भन्ने मानिसले त्यस्तो गर्नाको कारण उसको मनभित्र भएको घमण्डको विचलनयुक्त नकारात्मक मनले भरिपूर्ण भएर गर्छ । ऊ असल छ भन्ने बहकिएको ठोस विश्वासमा जकडिएको उसको साँघुरो मनले उसको श्रीमतीका लागि वास्तवमा अनेकौं कठिनाइहरू उत्पन्न गर्छ । त्यसो भए ऊ कसरी एउटा असल श्रीमान् हुन सक्छ ? उसले आफ्नो श्रीमतीका लागि खाना र लुगाहरू दिए तापनि उ कसरी एउटा असल श्रीमान् हुन सक्छ ? जबकि दिनदिनै उसले उसको उद्दण्डताबीच जीवन बिताउनुपर्छ ?यदि तपाईंले मानवीय समस्याहरूको वैज्ञानिक पक्षलाई बुझ्न सक्नुहुन्छ भने तपाईंले वास्तवमा नै अरूका लागि करुणा जगाउन सक्नुहुन्छ । करुणाका बारेमा कुरा मात्र गरेर त्यसको विकास गर्न तपाईंलाई सहायता पुग्दैन । केही मानिसहरूले करुणाबारे सयौं पटक पढेको हुन्छ तर तिनीहरूको मन त्यसको ठिक विपरीत हुन्छ । यो दर्शनमात्र होइन । शब्दहरू मात्र होइन । यो मनले कसरी कार्य गर्छ भनेर बुझ्नु हो । त्यसपछि मात्र तपाईंले करुणा विकास गर्न सक्नुहुन्छ । त्यसपछि मात्र तपाईं आध्यात्मिक व्यक्ति हुन सक्नुहुन्छ होइन भने तपाईं आध्यात्मिक व्यक्ति हो भनेर सहमत भए पनि आफूलाई असल श्रीमान् सम्झने उद्दण्ड व्यक्तिजस्तै त्यो बौद्धिक मात्र हो । त्यो एउटा काल्पनिक कुरा हो । तपाईंको मनले त्यो बनाउँछ मात्र ।तपाईंले आफ्नो अमूल्य मानव जीवनलाई बौलाहा हात्तीरूपी आफ्नो मनलाई नियन्त्रण गर्न र आफ्नो शक्तिशाली मानसिक उर्जालाई निर्देशन दिन र्समर्पण गर्न अति र्सार्थक हुन्छ । यदि तपाईंले आफ्नो मानसिक उर्जालाई कस्नु भएनभने तपाईंको मनमा अस्तव्यस्ताले निरन्तरता पाउनेछ, त्यसले रजाइ गर्नेछ र तपाईंको जीवन पूर्णरूपले खेर जानेछ । तपाईंले आफ्नो मनप्रति संभाव्यरूपले जतिसक्दो ज्ञानी बन्नुहोस् । त्यसले तपाईंको जीवनलाई र्सार्थक बनाउनेछ । मसँग तपाईंहरूलाई भन्नका लागि अब अरू कुराहरू छैनन् । तर तपाईंहरूसँग प्रश्नहरू छन् भने कृपया सोध्नुहोस् ।
प्रश्न- मनको प्रकृतिलाई जानेर सुख ल्याउने सम्बन्धमा तपाईंले भनेको कुरा मैले बुझें तर तपाईंले 'चिरकालीन' भन्ने विशेष अर्थको शब्द प्रयोग गर्नुभयो, जसले यदि तपाईंले आफ्नो मनलाई पूर्णरूपले बुझ्नुभयोभने तपाईंले भौतिक शरीरको मृत्युलाई पनि पार गर्नुहुन्छ भन्ने कुराको इंगित गर्छ । के त्यो ठिक हो ?
लामा- हो, त्यो ठिक हो । तर त्यो नै सबैथोक होइन । यदि तपाईंले कसरी भन्ने कुरा थाहा पाउनुभयो भने नकारात्मक भौतिक उर्जा उत्पन्न हुँदा तपाईंले त्यसलाई ज्ञानमा परिवर्तन गर्न सक्नुहुन्छ । त्यसप्रकारले तपाईंको नकारात्मक उर्जाले त्यसैलाई पचाउँछ र त्यसले तपाईंको मानसिक स्नायुप्रणालीलाई अबरोध गरेर खतम हुँदैन । त्यो संभव छ ।
प्रश्न- के मन शरीर हो ? कि शरीर मन हो ?
लामा- तपाईंको मतलब के हो ?
प्रश्न- किन कि मैले शरीर ग्रहण गर्छु
लामा- किन कि तपाईं त्यसलाई बुझ्नुहुन्छ ? तपाईंले यस मालालाई ग्रहण गर्नुहुन्छ ?
प्रश्न- हो ।
लामा- के त्यसले मन बनाउँछ ? किनकि तपाईंले त्यसलाई ग्रहण गर्नुहुन्छ ?
प्रश्न- मैले तपाईंलाई सोधेको कुरा त्यही हो ।
लामा- त्यसो भए त्यो एउटा असल प्रश्न हो । तपाईंको शरीर र मनबीच गहिरो सम्बन्ध छ; तपाईंको शरीरलाई कुनै बस्तुले असर पारेमा त्यसले तपाईंको मनलाई पनि असर पार्छ । तर त्यसको मतलब तपाईंको भौतिक शरीर यसको हाड र मासुको सापेक्ष प्रकृति मन हो भन्ने होइन । तपाईंले त्यसो भन्न सक्नुहुन्न ।
प्रश्न- बौर्द्धधर्मको लक्ष के हो ? बुद्धत्त्व, भातृत्व, र्सार्वलौकिक करुणा, सर्वोच्च चेतना, सत्यताको महसुस, निर्वाण प्राप्ति ?
लामा - माथिका सबै हुन्; सर्वोच्च चेतना, बोधिचित्त, र्सार्वलौकिक करुणा र सुख प्राप्त गर्न खोज्ने र दुःखबाट टाढा रहन खोज्ने सम्बन्धमा ब्रह्माण्डका सम्पूर्ण जीवित प्राणीहरू एकै प्रकारका छन् भन्ने महसुसको आधारमा निस्पक्ष र पूवाग्रहविनाको व्यवहार । अहिले हाम्रो द्वैध र गलत धारणाको मनले "यो मेरो घनिष्ट मित्र हो र म उसलाई मेरा लागि राख्छु र उसलाई अरूसँग सहभाग गर्दिनँ ।" भनेर विभेद गर्छ । बुर्द्धधर्मको लक्ष्यहरू मध्येको एक यसको विपरीत कुरा र्सार्वलौकिक करुणा प्राप्त गर्नु हो । बोधिज्ञान अबश्य नै अन्तिम लक्ष हो । छोटकरीमा मनको प्रकृतिको सम्बन्धमा भगवान् बुद्धले दिनुभएको उपदेशको लक्ष हामीले तपाईंले चर्चा गर्नुभएको सबै लक्षहरू प्राप्त गर्नु हो ।
प्रश्न- तर त्यसमध्ये कुन लक्षलाई सर्वोच्च वा र्सवाधिक महत्त्वको मानिन्छ ?
लामा- सर्वोच्च लक्षहरू बुद्धत्त्व र र्सार्वलौकिक करुणाको विकास गर्नु हो । एउटा साँघुरो मनलाई त्यस्तो सिद्धि प्राप्त गर्न कठिन हुन्छ ।
प्रश्न- तिब्बती थाङ्काहरूमा ध्यानको अबस्था वा विभिन्न मनोवैज्ञानिक अबस्थाहरूप्रति विभिन्न रङहरूको कस्तो सम्बन्ध हुन्छ ?
लामा- विभिन्न प्रकारको मनले विभिन्न प्रकारको रङ्गहरू देख्छ । हामीलाई रिस उठ्दा हामीले रातो रङ देख्छौं भनेर हामी भन्छौं । त्यो एउटा राम्रो उदाहरण हो । मनको अन्य अबस्थाहरूले त्यससँग सम्बन्धित अन्य रङहरू देख्छ । केही मामीलाहरूमा भावनात्मक रूपले विचलित भएर आफ्ना दैनिक कार्यहरूमा संलग्न हुन नसकेका व्यक्तिहरू वरिपरि कुनै निश्चित रङहरूको प्रयोग गर्दा तिनीहरूलाई ठिक हुन मद्दत गर्छ । यदि तपाईंले त्यसबारे सोच्नुभयो भने तपाईंले रङहरू वास्तवमा मनबाट आउँछ भन्ने पाउनुहुनेछ । जब तपाईं क्रोधित भएर रातो रङ देख्नुहुन्छ, त्यो रङ बाहिरी हो कि आन्तरिक ? त्यसबारे सोच्नुहोस् ।
प्रश्न- कुनै वस्तु असल छ भन्ने विचार उत्पन्न हुनलाई तपाईंको मनमा खराब भन्ने विचार के हो भन्ने कुरा पनि हुनुपर्छ भन्ने बारेको तपाईंको भनाइले व्यावहारिक दैनिक जीवनमा के महत्त्व राख्छ ?
लामा- तपाईंले वस्तुहरूलाई असल वा खराब भनेर व्याख्या गर्दा त्यो तपाईंको मनको व्याख्या हो भनेर मैले भन्दै थिएँ । तपाईंका लागि खराब कुरा खराब किन हो भने तपाईंको मनले त्यसलाई खराब भनेकाले खराब हो ।
प्रश्न- के म त्यसभन्दा टाढा जान सक्छु ?
लामा- अबश्य, तपाईं त्यसभन्दा टाढा अबश्य जान सक्नुहुन्छ । तपाईंले "मैले त्यसलाई किन खराब भन्छु ।" भनेर प्रश्न गरेर त्यसको उत्तर दिनर्ुपर्छ । तपाईंले विषय र वस्तु दुवै, बाह्य र आन्तरिक दुवै अबस्थाबारे प्रश्न सोध्नु पर्छ । त्यसप्रकारले वास्तविकता त्यस बीच कतै छ भनेर महसुुस गर्नुहुनेछ । ती दुइबीचको खाली स्थानमा एकीकृत मन हुन्छ । त्यो नै ज्ञान हो ।
प्रश्न- तपाईं गुम्बामा प्रवेश गर्दा कति वर्षो हुनुहुन्थ्यो ?
लामा- म छ वर्षको थिएँ ।
प्रश्न- निर्वाण के हो ?
लामा- जब तपाईं गलत धारणा र विचलित मनबाट पार भएर पूर्णतया एकीकृत चिरकालीन सन्तुष्ट ज्ञान प्राप्त गर्नुहुन्छ, तपाईंले निर्वाण प्राप्त गर्नुभएको हुन्छ ।
प्रश्न- सबै धर्मले निर्वाण प्राप्त गर्ने यो एउटै मात्र मार्ग हो भन्दछ । सबै धर्महरू एउटै स्रोतबाट आएको हो भनेर बुर्द्धधर्मले भन्छ कि ?
लामा- त्यस प्रश्नको उत्तर दिनलाई सापेक्ष र निरपेक्ष गरी दुइवटा तरिकाहरू छन् । निर्वाण प्राप्त गर्नलाई जोड दिने धर्महरूले संभवतः एउटै वस्तुबारे कुरा गर्छ तर तिनीहरूको भिन्नता तिनीहरूको उपागम विधिमा छ । मलाई लाग्छ त्यो मद्दत गर्नेखालको छ । तर यो पनि सत्य हो कि केही धर्महरू गलत धारणामा आधारित हुन पनि सक्छ । जे होस्, म तिनीहरूलाई अस्वीकार गर्दिनँ । उदाहरणका लागि केही हजार वर्षहिले चन्द्रमा र र्सर्ूयलाई देवता मान्ने प्राचीन हिन्दु परम्परा थियो । त्यसमध्येका केही हालसम्म पनि छन् । मेरो दृष्टिकोणमा ती अबधारणाहरू गलत हुन् तर ती असल छन् भनेर म अझपनि भन्छु । किन - किनभने दार्शनिक रूपमा तिनीहरू गलत भएपनि अझसम्म असल मानव बन्ने र अरूलाई हानी नपुर्‍याउने आधारभूत नैतिकता सिकाउँछ । त्यसले यसका अनुयायीहरुलाई तिनीहरू आफैले "ओह ! मैले सूर्यलाई देवता हो भनेर विश्वास गर्थें तर मलाई अहिले थाहा भयो म गलत रहेछु ।" भन्ने कुरा पत्ता लगाउने अबस्थासम्म पुग्ने संभाव्यता दिन्छ । त्यसकारण सबै धर्ममा असल कुरा हुन्छ र हामीले "यो पूर्णतया गलत छ, त्यो पूर्णतया ठीक छ ।" भनेर फैसला गर्नु हुँदैन ।
प्रश्न- तपाईंले थाहा पाएसम्म आजकल तिब्बतमा -सन् १९७५ मा) जीवन कस्तो छ ? के तिनीहरू पहिला जस्तै गरेर बौर्द्धधर्म अनुशरण गर्न स्वतन्त्र छन् ?
लामा- तिनीहरू स्वतन्त्र छैनन् र कुनै पनि धार्मिक अभ्यास गर्न पाउने स्वतन्त्रताबाट पूर्णतया वंचित छन् । चिनियाँ अधिकारीहरू धर्मसँग सम्बन्धित कुनै पनि कुराको विरुद्धमा छन् । गुम्बाहरू भत्काइएका छन् र धर्मपुस्तकहरू जलाइएका छन् ।
प्रश्न- पुस्तकहरू जलाइए पनि बुढापाका मानिसहरूले आफ्नो धर्मलाई आफ्नो हृदय र मनमा राखेका छन् कि तिनीहरूले सबैकुरा बिर्सिसकेका छन् ?
लामा- त्यसलाई बिर्सन असंभव छ । त्यस्तो शक्तिशाली ज्ञानबाट तिनीहरूको मनलाई अलग राख्न असंभव छ । त्यसकारण धर्म उनीहरूको हृदयमा रहेको छ ।
प्रश्न- सबै धर्महरूले उदाहरणका लागि हिन्दुधर्मले, त्यसका अनुयायीहरुलाई खराब काम गर्नबाट टाढा रहन र असल कार्य गर्न सल्लाह दिन्छ र असल कर्मको फल प्राप्त हुन्छ भन्छ । बौर्द्धधर्मअनुसार पुण्य कर्म संग्रह गरेबाट मानिसहरूलाई निर्वाण प्राप्त गर्न कसरी मद्दत पुग्छ ?
लामा- मनको विकास आमूल परिवर्तनद्वारा हुँदैन । प्रदूषणहरूलाई विस्तारै गरेर हटाइन्छ वा शुद्धिकरण गरिन्छ । त्यहाँ क्रमिक रूपले विकास हुन्छ । यसमा समय लाग्छ । उदाहरणका लागि केही मानिसहरूले तपाईं आफैले आफ्ना लागि चाहेको जस्तो सुख नै अरूका लागि पनि प्राप्त होस् भन्ने चाहना राख्नु पर्छ भन्नेबारेको र्सार्वलौकिक करुणाबारे बुर्द्धधर्मले सिकाएको कुरा स्वीकार गर्दैनन् । उनीहरू "मैले आफूले आफैलाई माया गरेझैं अरूलाई पनि माया गर्नु असंभव छ ।" भन्ने ठान्छन् । तिनीहरूले र्सार्वलौकिक करुणा वा निर्वाणलाई महसुस गर्न समय लाग्छ किनभने तिनीहरूको मन गलत धारणाहरूद्वारा कब्जा गरिएको हुन्छ र त्यहाँ ज्ञानका लागि कुनै स्थान हुँदैन । तर विस्तारै विस्तारै तिनीहरूको धर्म अभ्यासद्वारा मानिसहरूलाई त्रुटिविहीन ज्ञानतर्फलान सकिन्छ । त्यसकारणले नै मैले मानवहरूका लागि विभिन्न धर्महरू आवश्यक छन् भनेर भन्छु । भौतिक परिवर्तन सजिलो छ तर मनको विकासले समय लिन्छ । उदाहरणका लागि एउटा चिकित्सकले रोगीलाई "तपाईंको उच्च चाप छ त्यसैले मासु नखानुहोस् र केही दिनका लागि बिस्कुटमात्र खानुहोस् ।" भन्न सक्छ । त्यसपछि त्यो रोगी ठीक हुन थालेपछि चिकित्सकले विस्तारै विस्तारै गह्रौं खानाका लागि सिफारिस गर्छ । त्यसकारणले त्यस चिकित्सकले क्रमशः त्यस व्यक्तिलाई त्रुटिविहीन स्वस्थ्य अबस्थामा लैजान्छ ।
प्रश्न- तिब्बती भिक्षु वा भिक्षुणीको मृत्यु हुँदा उनीहरूको शरीर लोप हुन्छ ?
लामा- हो, तिनीहरूले त्यसलाई झोलामा हालेर अर्को जीवनका लागि लैजान्छन्...... मैले ठट्टा गरेको । होइन त्यो असंभव छ । तैपनि केही त्यस्ता अभ्यासकर्ताहरू पनि छन्, जसको शरीर ज्ञानमा पाचन हुन्छ र वास्तवमै लोप हुन्छ । त्यो संभव छ । तर तिनीहरूले भौतिक शरीरलाई आफूसँग लग्दैनन् ।
प्रश्न- हाम्रो मनले हामीलाई धोका दिन सक्ने भएकाले र एकजना गुरुविना हामीले सत्यता पत्ता लगाउन नसक्ने भएकाले प्रत्येक भिक्षुले आफ्नो सहपाठीलाई ज्ञानको अर्को माथिल्लो स्तरमा उकास्न सकोस् भनेर बौद्ध गुम्बाहरू एउटा साङ्लो जस्तै गरेर परिकल्पना गरिएको हुन्छ कि ? के तपाईंले आजकल त्यस्तै गर्दै हुनुहुन्छ कि ? के तपाईं सिक्नका लागि सिकाउनुहुन्छ ?
लामा- हो, गुम्बाहरू त्यस्तै नै हो र त्यो पनि सत्य हो कि मैले सिकाउँदा सिकिरहेको पनि हुन्छु । तर हामीलाई किन गुरु चाहिन्छ ? किनकि किताबी ज्ञान एउटा सुख्खा सूचना मात्र हो र त्यसलाई त्यत्तिकै छाडेमा त्यो रूखहरूमा सुसेल्ने हावा जस्तै हुन्छ । हामीले त्यसलाई अनुभवमा ढाल्नका लागि त्यस ज्ञानलाई हाम्रो मनसँग एकीकृत गर्नका लागि एउटा साँचोको आवश्यकता हुन्छ । त्यसपछि जानकारी नै ज्ञान हुन्छ र समस्याहरूको त्रुटिविहीन समाधान हुन्छ । उदाहरणका लागि बाइबल एउटा उत्कृष्ट पुस्तक हो; जसमा सबैप्रकारका महान् विधिहरू छन् तर यदि तपाईंसँग साँचो छैन भने बाइबलमा भएको जानकारी तपाईंको हृदयमा प्रवेश गर्दैन । कुनै पुस्तक उत्कृष्ट हुँदैमा र त्यसलाई पढ्दैमा त्यसमा भएको ज्ञान तपाईंले पाउनुहुन्छ नै भन्ने छैन । त्यसो हुने एउटै उपायमा तपाईंले आफ्नो मस्तिष्कमा ज्ञानको विकास गर्नुपर्छ ।
प्रश्न- तपाईंले भन्नुभयो कि निर्वाण प्राप्त गर्नु एउटा क्रमिक प्रक्रिया हो । तर निश्चय नै तपाईं एउटै समयमा निर्वाण प्राप्त गरेको र निर्वाण प्राप्त नगरेको अबस्थामा हुन सक्नुहुन्न । त्यसको मतलब त्यसकारणले निर्वाण अचानक हुन्छ भन्ने हो ?
लामा- अबश्य । तपाईंले भन्नुभएको सही हो । तपाईं एकै साथ अज्ञानी पनि निर्वाण प्राप्त पनि हुन सक्नुहुन्न । निर्वाण प्राप्त गर्ने पथमा प्रवेश गर्नु एउटा क्रमिक प्रक्रिया हो तर तपाईंले त्यो प्राप्त गरिसकेपछि तपाईं फेरि पहिलेको अबस्थामा र्फकनुपर्ने हुँदैन । जब तपाईंले बोधिचित्त प्राप्त गर्नुहुन्छ, तपाईंले त्यो अनुभव गर्नासाथ तपाईं सदाका लागि निर्वाण प्राप्त गर्नुहुनेछ । त्यो लागूपदार्थ सेवन गरेपछि प्राप्त हुने भ्रामक अनुभव जस्तो होइन । लागूपदार्थको नशामा तपाईं उच्च अनुभव गर्नुुहुन्छ र तपाईंले असल समय गुजार्नुहुन्छ । जब लागूपदार्थको असर समाप्त हुन्छ, तपाईं सदाझैँ आफ्नो उदास स्थितिमा र्फकनुहुन्छ ।
प्रश्न- र हामीले त्यो यही जीवनमा हाम्रो मृत्यु हुनुभन्दा पहिले हामी जीवित नै हुँदा स्थायी निर्वाण अनुभव गर्दछौं कि ?
लामा- हो, त्यो सम्भव छ । यदि जीवनमा तपाईंसँग पर्याप्त ज्ञान छ भने त्यो सम्भव छ ।
प्रश्न- ओह ! यदि तपाईंसँग पर्याप्त ज्ञान छ भने ?
लामा- हो । कुरा समात्नुभयो; यदि तपाईंसँग पर्याप्त ज्ञान छ भने ।
प्रश्न- हामीलाई गुरु किन चाहिन्छ ?
लामा- हामीलाई अंग्रेजी शिक्षक किन चाहिन्छ ? संचारका लागि । निर्वाणको सम्बन्धमा पनि त्यस्तै कुरा हो । निर्वाण पनि संचार हो । किनमेलजस्ता सांसारिक क्रियाका लागि समेत हामीले पसलका साहुजीहरूसँग कुराकानी गर्नका लागि भाषा सिक्नुपर्छ । यदि हामीलाई त्यसका लागि गुरु चाहिन्छ भने पहिलेको र भविष्यको जीवनहरू र चेतनाको गहन अबस्था जस्ता अनेकौं अपरिचित कुराहरू समाधान गर्नुपर्ने पथमा हामीलाई निर्देशन गर्ने गुरु अबश्य नै चाहिन्छ । त्यहाँ नितान्त नौलो अनुभवहरू हुन्छन् । के हुदैछ र तपाईं कता जाँदै हुनुहुन्छ भन्नेबारे तपाईंलाई थाहा हुँदैन । तपाईंलाई आफू सही मार्गमा हुनुहुन्छ भनेर दिग्भ्रमित भएको हुनुहुन्न भनेर निश्चित हुनलाई कसैको आवश्यकता हुन्छ ।
प्रश्न- प्रथम गुरुलाई कसले सिकायो ?
लामा- ज्ञान । प्रथम गुरु ज्ञान थियो ।
प्रश्न- पहिलो गुरुको कुनै गुरु नभएको हुँदा हामीहरू सबैलाई किन गुरुको अबश्यकता हुन्छ ?
लामा- किन कि त्यहाँ सुरुवात र अन्त्य छैन।ज्ञान र्सार्वलौकिक ज्ञान हो । ज्ञान र्सार्वलौकिक चेतना हो ।
प्रश्न- र्सार्वलौकिक करुणा उत्पन्न गरेर तपाईंलाई निर्वाणतर्फल्याउँछ कि पहिले निर्वाण प्राप्त गरेपछि र्सार्वलौकिक करुणा उत्पन्न गर्न सकिन्छ ?
लामा- पहिले तपाईंले र्सार्वलौकिक करुणालाई उत्पन्न गर्नुपर्छ । त्यसपछि तपाईंको मनले समता साक्षात्कार गर्छ ; जहाँ तपाईंले न त यसलाई न त त्यसलाई जोड दिनुहुन्छ । तपाईंको मनले सन्तुलनको एउटा अबस्था प्राप्त गर्छ । बौद्ध प्रणालीमा तपाईं द्वैध मनलाई उछिनेर त्यसभन्दा पर पुग्नुहुनेछ ।
प्रश्न- तपाईंको मनले तपाईंलाई आध्यात्मिक पथमा त्यस स्थानसम्म मात्र पुर्‍याउन सक्छ र कुनै मोडमा पुगेपछि त्यसभन्दा अघि बढ्नका लागि तपाईंले आफ्नो मनलाई छोडनु पर्छ भन्ने कुरा साँचो हो कि होइन ?
लामा- तपाईंले आफ्नो मनलाई कसरी छाड्न सक्नुहुन्छ ? मैले ठट्टा गर्दै छु । होइन साधारण जीवनमा तपाईंसँग तपाईंको मन हुन्छ । जब तपाईं निर्वाण प्राप्त गर्नुहुन्छ तपाईंको मन अझ पनि तपाईंसँग हुन्छ । तपाईंको मन जहिले पनि तपाईंसँग हुन्छ । तपाईंले "म मेरो मन मसँग होस् भन्ने चाहन्नँ ।" भन्दैमा तपाईंले आफ्नो मनबाट छुटकारा पाउन सक्नुहुन्न । कर्मद्वारा तपाईंको मन र तपाईंको शरीर एक अर्कासँग टाँसिएका छन् । तपाईंको मनलाई बौद्धिक रूपले बहिस्कार गर्न असम्भव छ । यदि तपाईंलेको मन एउटा भौतिक रूपले देखिने वस्तु भएको भए तपाईंले त्यसो गर्न सक्नुहुन्थ्यो होला तर त्यो त्यस्तो होइन ।
प्रश्न- लामाहरू कहिल्यै शारीरिक रूपमा बिरामी पर्छन् ? र यदि पर्छन् भने रोगमुक्त हुन कुन विधिहरू अपनाउनुहुन्छ ? तपाईंले रोगहरण शक्ति प्रयोग गर्नुहुन्छ कि ?
लामा- हो, कहिले हामीले रोगहरण शक्ति प्रयोग गर्र्छौं । कहिले मन्त्रको शक्ति पनि प्रयोग गर्र्छौं । कहिले हामी ध्यान पनि गर्र्छौं । अन्य निश्चित समयमा हामी पूजा पनि गर्र्छौं । त्यो के हो भन्ने कुरा तपाईंलाई थाहा छ ? केही मानिसहरू घण्टी बजाउने र मन्त्र उच्चारण गर्ने विधि मात्र हो भन्छन् । तर यो त्योभन्दा धेरै नै बढी हो । पूजा एउटा संस्कृत शब्द हो; जसको शाब्दिक अर्थ "अर्पण गर्नु" हो तर यसको व्याख्यात्मक अर्थ मनको जागृत अबस्था ज्ञान हो । त्यसैले यदि तपाईंको ज्ञान "टिङ टिङ टिङ" गरेर बजिरहेको छ भने त्यो असल हो तर यदि तपाईंको ज्ञान बजिरहेको छैन भने र यदि तपाईंले बाहिरी रूपमा "टिङ टिङ टिङ" मात्र सुनिरहनु भएको छ भने त्यो पूजा होइन ।
प्रश्न- तपाईंले भन्नुभएको कुरा पाश्चात्य भौतिक दर्शनबाट त्यति टाढा हटाइएको छैन । हाम्रो समस्या वस्तुहरूसँग त्यति धेरै होइन तर तिनीहरू प्रतिको हाम्रो प्रवृत्तिमा छ ।
लामा- जब तपाईं प्रवृत्ति भन्नुहुन्छ तपाईंको मतलब भौतिक वस्तुहरूलाई ग्रहण गर्ने वा नगर्ने मनोवृत्ति हो ?
प्रश्न- बाहिरी बस्तुहरूको अस्तित्व अबश्य हुन्छ तर तिनीहरूको अस्तित्व हामीबाट बाहिर हुन्छ र हाम्रो चेतनाले त्यही यानमा तिनीहरूलाई धारण गर्छ । मलाई विश्वास छ, जब हाम्रो मृत्यु हुन्छ, वस्तुहरू त्यही हुन्छन् तर हाम्रा लागि होइन । व्यक्तिको लागि होइन ।
लामा- म तपाईंसँग सहमत छु । जब हाम्रो मृत्यु हुन्छ, बाहिरी वस्तुहरूको अस्तित्व हुन्छ तर तिनीहरूप्रतिको हाम्रो व्याख्या हाम्रो प्रक्षेपण लोप हुन्छ । हो, त्यो सही हो ।
प्रश्न- त्यसोभए भौतिक दर्शनको आमूल विपक्षमा त्यो कसरी हुन्छ - तपाईंले बाहिरी संसार मायावी छ भनेर किन भन्नुहुन्छ - जब कि हाम्रो चेतनाले प्रस्थान गरिसकेपछि पनि भौतिक संसार रहिरहन्छ ?
लामा- मैले भौतिक संसारलाई किन मायावी भन्छु भने तपाईंले धारण गर्ने वस्तुहरूको अस्तित्व आफ्नै मनको दृष्टिमा मात्र हुन्छ । यस टेबुललाई हर्ेर्नुहोस्, समस्या यो हो कि जब तपाईं लोप हुनुहुन्छ, तपाईंको यस टेबुलबारेको दृष्टिकोणको अस्तित्व कायमै हुन्छ भनेर सोच्नुहुन्छ । त्यो साँचो होइन । टेबुलबारेको तपाईर्ंंको दृष्टि लोप हुन्छ तर टेबुल बारेको अर्को दृष्टिको अस्तित्व निरन्तर रहन्छ ।
प्रश्न- हामीले सही गुरुलाई कसरी चिन्न सक्छौं ?
लामा- तपाईंले आफ्नो गुरुलाई अन्धोजस्तो भएर होइन, आफ्नै ज्ञान प्रयोग गरेर चिन्न सक्नुहुन्छ । तपाईंले सकेजति संभाव्य गुरुहरूबारे जाँचबुझ गर्नुहोस् । "उहाँ मेरालागि सही गुरु हुनुहुन्छ कि हुनुहुन्न -" कुनै गुरुको सल्लाह लिनुभन्दा पहिले गहिरो गरेर जाँच गर्नुहोस् । तिब्बतमा हाम्रो एउटा चेतावनी छ कि एउटा कुुकुरले मासुको टुक्रा झम्टेझैँ गरेर कुनै गुरुलाई नलिनुहोस् । यदि तपाईंले एउटा भोको कुकुरलाई एक टुक्रा मासु दिनुभयो भने त्यसले त्यस टुक्रालाई विना हिचकिचाहट निल्छ । तपाईंले सम्भाव्य आध्यात्मिक गुरुलाई उहाँको मार्गदर्शन स्वीकार गर्नुभन्दा पहिले धेरै धेरै सावधानिपूर्वक छान्न अति महत्त्वपुर्ण छ । मैले गलत धारणा र दूषित विचारधारा लागूपदार्थभन्दा खतरनाक हुन्छ भनेर पहिला भनेको कुरा सम्झना होला । यदि तपाईंले गलत आध्यात्मिक मार्गदर्शनको गलत धारणाहरू अनुशरण गर्नुभयो भने त्यसको तपाईंमाथि वित्यास पर्न सक्छ र त्यसको कारण यो जीवन मात्र होइन, अन्य अनेकौं जीवन पनि खेर जाने कारण बन्न सक्छ । तपाईंलाई मद्दत गर्नुको बदला त्यसले तपाईंलाई ठूलो क्षति पुर्‍याउन पनि सक्छ । कृपया आफ्नो आध्यात्मिक गुरु छान्ने काममा धेरै ज्ञानी हुनुहोस् ।
प्रश्न- तपाईं तिब्बतका बौद्ध भिक्षु भएकाले तपाईंले लोब्साङ राम्पाको बारेमा सुन्नुभएको छ कि छैन भन्नेबारे कौतुहल जाग्यो, जसले आफू तिब्बत कहिल्यै नपुगेको भएपनि तिब्बतका बारेमा कैयौं गहन पुस्तकहरू लेखेका छन् । हाल उनको मृत्यु भैसकेको छ तर उनले भनेअनुसार एउटा तिब्बती लामाको आत्मा उनमा प्रवेश गरेर नै उनले त्यसरी लेख्न सके ।
के त्यो संभव छ - छैन भने उनले ती पुस्तकहरू कसरी लेखे ?
लामा- त्यसप्रकारको आत्मा प्रवेश गर्ने कुरा संभव छ भन्ने मलाई लाग्दैन । तपाईंले अझ सावधानीपूर्वक उसले के लेख्यो भन्नेबारे जाँच गर्नुपर्छ । जब उनले लामाको ज्ञानको आँखा खोल्नेबारे लेख्छन्, उनी भन्छन् कि त्यो सल्यचिकित्सा गरेर गरिन्छ । त्यो गलत हो । ज्ञानको आँखा आध्यात्मिक अन्तर्ज्ञानको लाक्षणिक रूपमात्र हो र त्यो ज्ञान आफूसँग साँचो हुने लामाले खोल्ने हो । यो पनि हो कि जसले सिद्धि पाएका छन्, तिनीहरूले सिद्धिबारे भन्दैनन् र जसले त्यसबारे भन्छ तिनीहरूले सिद्धि पाएका हुँदैनन् ।
प्रश्न- लामा तपाईंले द्वैध मन भनेर केलाई भन्नुभएको हो ? र जाँच गर्ने भन्नुको अर्थ के हो ?
लामा- तपाईं जन्मेदेखि हालसम्म तपाईंको मनलाई दुइवटा चिजहरूले सधैँ जटिल पारिरहेको हुन्छ । कहिले पनि एउटा मात्र कुरा हुँदैन दर्ुइवटा हुन्छन् । हामीले द्वैध मन भन्नुको मतलब त्यही हो । जब तपाईंले कुनै वस्तु देख्नुहुन्छ, तपाईंको मनले स्वत र सहज रूपले त्यसलाई अर्को वस्तुसँग तुलाना गर्छ "त्यसबारे के होला ?" ती दुइवटा कुराहरूले तपाईंको सन्तुलनलाई खलबल पारिदिन्छ । त्यो द्वैध मनको कार्यको परिणाम हो । अब तपाईंको अर्को प्रश्न जब म जाँचबुझ भन्छु मेरो मतलब तपाईंले आफ्नै मनलाई त्यो स्वस्थ्य छ कि छैन भनेर अनुसन्धान गर्नु हो । प्रत्येक बिहान तपाईंले आफ्नो मनको अबस्थालाई दिउँसो तपाईं मदहोश हुनुहुनेछैन भनेर जाँच गर्नुहोस् । मैले जाँचबुझ भन्न खोजेको त्यही हो ।
प्रश्न- यदि सबैकुरा कर्मले नै निर्धारण गर्छ भने हामीले हाम्रो उत्प्रेरणा ठीक छ वा हाम्रालागि विनाशर्तको चयन छ कि छैन भनेर कसरी थाहा पाउन सक्छौं ?लामा- शुद्ध उत्प्रेरणा बोधिज्ञानलाई बुझेपछि आउँछ । यदि तपाईंको मनमा बुझाइ छैन भने तपाईंको उत्प्रेरणालाई शुद्ध हुन गाह्रो हुन्छ । उदाहरणका लागि यदि मैले म स्वयंको स्वार्थी प्रवृत्तिलाई बुझ्दिनँ भने मैले अरूलाई मद्दत गर्न सक्दिनँ । मैले आफ्नो स्वार्थी व्यवहारलाई नचिनेसम्म मैले आफ्ना समस्याहरूका लागि जहिले पनि अरूलाई दोष लगाउँछु । जब मैले मेरो आफ्नै मनलाई बुझ्छु, मेरो उत्प्रेरणा क्षुब्ध हुन्छ र मैले शुद्ध हृदयले मेरो शरीर, मन र वचनका कार्यहरूलाई अरूको कल्याणका लागि र्समर्पण गर्न सक्छु । धन्यवाद ! त्यो अति असल प्रश्न थियो र मलाई लाग्छ यो शुद्ध उत्प्रेरणा आजलाई समाप्त गर्नका लागि असल स्थान हो । धेरै धेरै धन्यवाद ! यदि हाम्रो शुद्ध उत्प्रेरणा छ भने हामी राम्ररी निदाउन, सपना देख्न र आनन्द लिन सक्छौं । त्यसैले धेरै धेरै धन्यवाद !अनुवादक मुकेश लामा

Nyingma tradition



The Nyingma tradition is the oldest of the four major schools of Tibetan Buddhism (the other three being the Kagyu, Sakya and Gelug). "Nyingma" literally means "ancient," and is often referred to as the "school of the ancient translations" or the "old school" because it is founded on the first translations of Buddhist scriptures from Sanskrit into Tibetan, in the eighth century. The Tibetan script and grammar was actually created for this endeavour. In modern times the Nyingma lineage has been centered in Kham in eastern Tibet.The Nyingma tradition actually comprises several distinct lineages that all trace their origins to the Indian master Padmasambhava, who is lauded in the popular canon as the founder of Tibetan Buddhism and is still propitiated in the discipline of reciprocity that is guru yoga sadhana, the staple of the tradition(s).Historically, Nyingmapa[1] are categorised into Red Sangha and White Sangha. Red Sangha denotes a celibate, monastic practitioner; whereas White Sangha denotes a non-celibate practitioner who abstains from vows of celibacy. At different times in ones life due to changing circumstances and proclivities, individuals historically moved between these two Sanghas. Rarely was either determination of Red or White for the duration of one's life.Nyingma maintains the earliest tantric teachings which have been given the popular nomenclature of Vajrayana. Early Vajrayana that was transmitted from India to Tibet may be differentiated by the specific term 'Mantrayana' (Wylie: sngags kyi theg pa)[2]. 'Mantrayana' is the Sanskrit of what became rendered in Tibetan as "Secret Mantra" (Wylie: gsang sngags): gsang sngags is the self-identifying term employed in the earliest literature, whereas Nyingma became associated in differentiation from the "New Schools" Sarma.

History

Geographical dissemination of Buddhism into the Tibetan plateau
Dargyay (1998: p.5) provides a sound case that:
...at least in Eastern Tibet, there existed during and after the time of Lha-tho-tho-ri [Fl.173(?)-300(?) CE] a solid knowledge of Buddhism and that the upper classes of the people were faithfully devoted to it. But the border regions in the north and west probably had also come into contact with Buddhism long before the time of Srong-btsan-sgam-po. Buddhist teachings reached China via a route along the western and northern borders of the Tibetan culture and language zone; the same route was travelled by Indian Pandits and Chinese pilgrims in their endeavour to bring this Indian religion to China. There used to be contacts with the Tibetan population in these border regions. It is possible that the knowledge gained from these encounters was spread by merchants over large areas of Tibet. Thus, when Srong-btsan-sgam-po succeeded to the throne of Tibet in the year 627, the country was ready for a systematic missionary drive under royal patronage.

Origins

Germano (2002: unpaginated) states:
While Buddhist figures and movements surely were active on the Tibetan plateau long before, Tibetan religious histories concentrate on events in the latter half of the eighth century as marking a watershed during which Buddhism definitively established itself within Tibetan culture. With the official sponsorship of the emperor Trisong Detsen (khri srong lde btsan), the first major monastery was established at Samye (bsam yas), a broad scale translation project of the Buddhist canon into a newly minted Tibetan literary language was initiated, and a variety of lineages began to take hold. The explosive developments were interrupted in the mid-ninth century as the Empire began to disintegrate, leading to a century-long interim of civil war and decentralization about which we know relatively little.
[4]
Around 760, King Trisong Detsen invited Padmasambhava and the Nalanda University abbot Shantarakshita (Tibetan Shiwatso) to Tibet to introduce Buddhism in the "Land of Snows." King Trisong Detsen ordered the translation of all Buddhist Dharma Texts into Tibetan. Padmasambhava, Shantarakshita, 108 translators, and 25 of Padmasambhava's nearest disciples worked for many years in a gigantic translation-project. The translations from this period formed the base for the large scriptural transmission of Dharma teachings into Tibet. Padmasambhava supervised mainly the translation of Tantra; Shantarakshita concentrated on the Sutra-teachings. Padmasambhava and Shantarakshita also founded the first Buddhist monastery Samye on Tibetan ground. It was the main center for dharma transmission in Tibet during this age.

disciples
The miracle-powers of the 25 disciples of Padmasambhava are widely accepted among Tibetan Buddhists. These disciples were: King
Trisong Detsen, Namkhai Nyingpo, Nub Chen Sangye Yeshe, Gyalwa Choyang, the princess of Karchen Khandro Yeshe Tsogyal, Palgyi Yeshe, Palgyi Senge, the great translator Vairotsana, Nyak Jnanakumara, Gyalmo Yudra Nyingpo, Nanam Dorje Dudjom, Yeshe Yang, Sokpo Lhapal, Nanam Zhang Yeshe De, Palgyi Wangchuk, Denma Tsémang, Kawa Paltsek, Shupu Palgyi Senge, Dré Gyalwe Lodro, Drokben Khyenchung Lotsawa, Otren Palgyi Wangchuk, Ma Rinchen Chok, Lhalung Palgyi Dorje, Langdro Konchog Jungné and Lasum Gyalwa Changchup.

Early period
From this basis, Tantric Buddhism was established in its entirety in Tibet. From the 8th until the 11th century, the Nyingma was the only school of Buddhism in Tibet. With the reign of King
Langdarma (836–842) a time of political instability ensued which continued over the next 300 years, during which time Buddhism was persecuted and largely forced underground. From the 11th century onwards, the Nyingma tradition flourished along with the newer Sarma schools, and it was at that time that Nyingmapas began to see themselves as a distinct group and the term "Nyingma" came into usage.
Political ethos
Historically, the Nyingma tradition is unique amongst the four schools in that its supporters never held political power, and therefore it stood at a greater remove from the political machinations of Tibet. Indeed, the Nyingma traditionally had no centralized authority and drew significant power from not having one. Only since the Tibetan diaspora following the Chinese annexure of Tibet have the Nyingma had a head of the Tradition and this seat was only invested at the polite request of the Dalai Lama. Even so, the Nyingma tradition is still politically decentralized and often decisions are made in an
oligarchy or community of the senior sangha within a given jurisdiction or locale. Nyingmapa are also historically characterized and distinguished by decentralization and by their general wider political disinterest, with a lesser emphasis on monasticism relative to the other schools, with a correspondingly greater preponderance of ngakpas, uncelibate householders and yogins.
There was never a single "head of the lineage" in the manner of the
Ganden Tripa (or Dalai Lama) of the Gelugpa, the Karmapa of the Karma Kagyu, and the Sakya Trizin of the Sakya. It was only recently in exile in India that this role was created at the request of the Tibetan Government in Exile, and it is largely administrative. Nevertheless, the lamas who have served in this role are among the most universally highly regarded. They are:
Kyabje
Dudjom Rinpoche (c. 1904–1987), served from the 1960s until his death.
Dilgo Khyentse Rinpoche (c. 1910–1991), served from 1987 until his death.
Penor (Pema Norbu) Rinpoche served from 1991 until retirement in 2003.
Mindroling Trichen Rinpoche (c. 1930–2008), served from 2003 until his death. His successor is yet to be named.

Philosophy and doctrinal tenets
Capriles (2003: p.100) elucidates the Nyingma Dzogchenpa view which qualifies the doctrinal position of the
Madhyamaka Rangtongpa (Prasangika and Swatantrika) in relation to the 'absence of self-nature' (Sanskrit: swabhava shunyata):
Though the teachings of the Nyingmapa agree that all phenomena lack a self-nature and a substance, according to many Nyingma teachings reducing voidness to a mere absence would be an instance of nihilism, and identifying absolute truth with such an absence would imply that this truth cannot account for the manifestation of Awakening, or even for the manifestation of phenomena; therefore, they explain voidness as lying in the recognition of the absence of mental constructs that is inherent in the essence of mind in which space and awareness are indivisible, and define absolute truth as consisting in the indivisibility of emptiness and appearances, or of emptiness and awareness.